गृहमन्त्रीले राजीनामा नगरेसम्म प्रतिपक्षी दलले संसद चल्न नदिने
२०८२ जेठ १३ गते मंगलबार ।
काठमाडौँ । संसद्का प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नसक्ने भन्दै बठकमा नाराबजी गरेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।
सांसद पुनले त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको भन्ने सिवषयमा दैनिक ५० लाख देखि ३ करोडसम्मभ उठाइएको विषय आएकाले गृहमन्त्रीले छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने बताए ।
मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएकोले छानविनका लागि गृहमन्त्रीको राजीनामा आवश्यक पर्ने उनले तर्क गरे ।
गृहमन्त्री लेखकको सचिवालयसँग यो विषय जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्ने उनले बताए ।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि नबढ्ने सांसद पुनले बताए ।
त्यसपछि केही समयको अवरोधकाबीच सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय दिए । तर सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गरेका थिए ।
रास्वपाका सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरे । उनले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने बता्रए ।
विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरेका छन् ।