एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीमा स्थानान्तरण 


२०८२ जेठ १२ गते सोमबार । 

बैंकको खबर । एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौंको कमलादी स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले जेठ १० गते भवनको समुद्घाटन गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो ।  

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

शेयर गर्नुहोस