ज्योति विकास बैंकको मोबाइल बैंकिङबाट हवाई टिकट खरिद गर्दा ५०० रुपैयाँ क्यास ब्याक


२०८२ जेठ ९ गते शुक्रबार । 

बैंकको खबर । ज्योति विकास बैंकको मोबाइल बैंकिङ ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले ५०० रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । 

बैंकले सार्वजनिक गरेको यस क्यासब्याक योजनामार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्टबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्।

देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५०० रुपैयाँसम्मको सर्वाधिक क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ। ज्योति स्मार्टबाट हवाई टिकट खरिद गर्दा 'Jyoti500' प्रोमोकोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

यो अभियान यही जेठ ९ गतेदेखि सिमित अवधिका लागि लागू भएको बैंकले जनाएको छ । अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्।बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुकासाथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।

साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नकालागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यका बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

शेयर गर्नुहोस