गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट
२०८२ जेठ ९ गते शुक्रबार ।
बैंकको खबर । नवनियुक्त गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको हो ।
सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार निवेदन दिएका हुन्।