गभर्नर पौडेलले गरे डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर


२०८२ जेठ ९ गते शुक्रबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको विभागीय जिम्मेवारीमा सामान्य हेरफेर गरेका छन् ।

गभर्नर पौडेलले डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना मिम्सिना र बमबहादुर मिश्रलाई करिब आधा–आधा विभागको जिम्मेवारी दिएका छन् ।

डा. ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन, विदेशी विनिमय व्यवस्थापन, लघुवित्त सुपरिवेक्षण, गैर बैंकिङ सुपरिवेक्षण, प्रदेश कार्यालय, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पत्ति तथा सेवा व्यवस्थापन, तथा सूचना प्रविधि विभागको जिम्मेवारी पाएकी छिन् ।

मिश्रले आर्थिक अनुसन्धान, मौद्रिक व्यवस्थापन, बैंक सुपरिवेक्षण, वित्तीय संस्था सुपरिवेक्षण, बैंकिङ विभाग, भुक्तानी प्रणाली, मानव संशाधन तथा वित्त व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् ।

आफू कायममुकायम गभर्नरको जिम्मेवारीमा हुँदा निलमले आफू अनुकुल विभाग राखेर बाँकी सबै मिश्रको भागमा राखिदिएकी थिइन । 

सचिवालयमा पनि हेरफेर
गभर्नर पौडेलले डेपुी गभर्नरहरुको जिम्मेवारीमा फेरबदल गरेलगत्तै आफ्नो सचिवालयमा दुई जनालाई ल्याएका छन् । गैरबैंक वित्तीय संस्था विभागमा कार्यरत शरणकुमार अधिकारी र अर्का एक जना सहायक निर्देशक दिपेश प्रधानलाई पनि गभर्नर कार्यालयमा तानेका छन् ।  

शेयर गर्नुहोस