रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २ गते बोलायो साधारणसभा, लाभांश पारित गर्ने


२०८२ जेठ ८ गते बिहीबार । 

बीमा खबर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न असार २ गते वार्षिक साधारणसभा बोलाएको छ ।

इन्स्योरेन्सले काठमाडौंको भाटभटेनी स्थित आम्रपाली ब्यांकेटमा असार २ गते आठौँ वार्षिक साधारणसभा बोलाएको हो। साधारणसभा बिहान ११ बजे शुरु हुनेछ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ। 

यस्तै, साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ २६ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागि हुन र पारित भएको लाभांश प्रप्त गर्न सक्नेछन् । 

शेयर गर्नुहोस