२० अर्बको आन्तरिक ऋण नविकरण गर्दै सरकार


२०८२ वैशाश २२ गते सोमबार । 
बैंकको खबर । सरकारले २० अर्ब ८ कारोड रुपैयाँको आन्तरिक ऋण नविकरण गर्न लागेको छ । सार्वजनिक ऋण कार्यालयले सूचना जारी गर्दै २८ दिन, १८२ दिन र ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको जनाएको छ । 

कार्यालयले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, १८२ दिन अवधिको नौ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको छ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्न लागेको जनाएको छ । 

आज दिउँसो ३ बजेसम्म बोलकबोल हुने यो ट्रेजरी बिल भोलीदेखि जारी हुनेछ । २८ दिन अवधिको ट्रेजरी बिल २०८२ जेठ २० गते, १८२ दिन अवधिको २०८२ कात्तिक १८ गते र ३६४ दिन अवधिको २०८३ वैशाख २२ गते परिपक्व हुनेछ । 

शेयर गर्नुहोस