सामान्य बढ्यो सेयरबजार 


२०८२ वैशाख ११ गते बिहीबार । 

सेयर खबर । यसअघि चार दिन घटेको सेयरबजार आज रङ परिवर्तन गरेको छ । कारोबार अवधिभर समान्य उतारचढाव देखिएको बजार अन्तिममा हरियो बनेर बन्द भएको हो । कारोबार मापक नेप्से परिसूचक २.०८ अंक बढेर २६५८.०२ विन्दुमा कायम भएको छ ।

सात अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भएको छ । 


 

कारोबार भएका २४५ कम्पनीमध्ये ८३ वटाको सेयरमूल्य बढेको छ भने १६१ वटाको घटेको छ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य भने स्थिर रहेको छ । 

सूचीकृत १३ समूहमध्ये पाँच वटा समूह बढेका छन् । बाँकी आठ वटा समूह घटेका छन् । बैंकिङ ०.०३ प्रतिशत, जलविद्यसत ०.२२ प्रतिशत, लगानी २.४९ प्रतिशत, म्युचुअल फन्ड ०.२५ प्रतिशत र ब्यापार समूह ०.३९ प्रतिशत बढेको छ । 

विकास बैंक समूह ०.७६ प्रतिशत, फाइनान्स ०.८३ प्रतिशत, होटल तथा पर्यटन १.१६ प्रतिशत, जीवन बीमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१७ प्रतिशत, लघुवित्त ०.४६ प्रतिशत, निर्जीवन बीमा ०.२८ प्रतिशत र अन्य समूह ०.१३ प्रतिशत घटेको छ । 

आजपनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार बन्द हुँदा दुवै कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत बढेको छ । नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य सबैभन्दा धेरै ७.१२ प्रतिशत घटेको छ । 

ङादि ग्रुप पावरको सेयर कारोबार सबैभन्दा धेरै ७० करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति बिहीबार मात्रै ३ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण पनि २ अर्ब रुपैयाँ बढेर १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । 

शेयर गर्नुहोस