आज सुनचाँदीको मूल्य बढ्यो


२०८२ वैशाख ११ गते बिहीबार । 

अर्थतन्त्र । नेपाली बजारमा आज (वैशाख ११ गते बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ । 

आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

वैशाख ९ गते मंगलबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य हिजोको तुलनामा आज प्रतितोला ४५ रुपैयाँ बढेर २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस