नेप्सेमा स्वाभिमान लघुवित्त र स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन


२०८२ वैशाख ११ गते बिहीबार । 

बैंकको खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको सेयरमूल्य समायोजन भएको छ। 

स्वाभिमान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य नेप्सेमा समायोजना भएको हो । 

दुवै लघुवित्तले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले स्वाभिमान लघुवित्तको ५ प्रतिशत र स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयर समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

बोनससेयर समायोजनपछि स्वाभिमान लघुवित्तको सेयरमूलय १ हजार ७३६ रुपैयाँ कायम भएको छ भने स्वरोजगार लघुवित्तको ८४६ रुपैयाँ ३ पैसा कायम भएको छ।

बुकक्लोज हुनभन्दा अघिल्लो कारोबारको दिनको अन्तिम मूल्यको आधारमा सेयरमूल्य समायोजन हुने नियम छ । बुधबार नेप्सेमा स्वाभिमान लघुवित्तको सेयरको अन्तिम मूल्य १ हजार ८२२ रुपैयाँ ८६ पैसा र स्वरोजगार लघुवित्तको ९६० रुपैयाँ २४ पैसा थियो।

अब यि दुई लघुवित्तको सेयर कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ । 

 

All banking information at your fingertips.

शेयर गर्नुहोस