विश्व बैंक सम्बन्धी एक जानकारी बैंकको खबर २ वर्ष पहिले बैंक खबर । विश्व बैंक एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो जसले ऋण प्रदान गर्दछ । यसको मुख्यालय अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा रहेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना १९४४ मा ब्रिटेन वुड्स सम्मेलनको बेला एकैसाथ भएको हो । उक्त सम्मेलनमा ४४ देशका प्रतिनिधिहरुले भाग लिएका थिए । १९४४ जुलाई १ देखि जुलाई २२ सम्म सम्मेलन सञ्चालन भएको थियो । हाल विश्व बैंकको सदस्य राष्ट्रमा १ सय ८९ देशहरु रहेका छन् । तत्कालिन समयमा यसको उद्देश्य दोस्रो विश्वयुद्धको सामना गरिरहेका देशहरुमा भएको आर्थिक मन्दी र विश्वव्यापी आर्थिक मन्दीलाई सम्बोधन गर्नु रहेको थियो । त्यस्तै विश्व बैंकको मुख्य उद्देश्य सदस्य राष्ट्रहरुलाई पुनर्निर्माण र विकासको काममा आर्थिक सहयोग पु¥याउनु हो । विश्व बैंकले सदस्य देशहरुलाई वित्त र वित्तीय सल्लाह समेत दिदै आएको छ । १९५६ मा अन्तर्राष्ट्रिय वित्त निगमको स्थापना भएसँगै विकासशील देशहरुको निजी कम्पनीहरु र वित्तीय संस्थाहरुलाई समेत कर्जा प्रवाह गर्न विश्व बैंक सक्षम भएको देखिन्छ । विश्व बैंकले विकासशील देशहरुमा विकास परियोजनाहरु, प्राथमिकताका क्षेत्रहरु, ज्ञान, वस्तु तथा सेवाको क्षेत्रमा पनि काम गर्दै आएको छ । नेपालले विक्रम सम्बत २०१९ भदौ १९ गते विश्व बैंकको सदस्यता प्राप्त गरेको थियो । विश्व बैंकले मुलतः विकासशील मुलुकको गरिबी उन्मुलनका लागि ऋण प्रवाह गर्ने कार्य गर्दछ । वित्तीय नीति सुधार कार्यक्रम तथा परियोजनाहरुका लागि समेत ऋण उपलब्ध गराउँछ । विश्व बैंकले विकासशील राष्ट्रहरुका लागि मात्रै ऋण दिन्छ । यस्तो ऋण आर्थिक नीतिमा आम सुधार ल्याउनका लागि हुनेछ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले बैंकिङ टेक्नोलोजि किन आवस्यक ? नेपालका बैंकमा टेक्नोलोजिको प्रयोगको अवस्था २ वर्ष पहिले