एनएमबि बैंकका सीईओ घिमिरेले गरे पदभार ग्रहण
२०८२ वैशाख १० गते बुधबार ।
बैंकको खबर । एनएमबी बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले पदभार ग्रहण गरेका छन् । घिमिरेले आज सीईओको जिम्मेवारी सम्हालेका हुन्।
घिमिरेलाई गत फागुन २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वैशाख १० गतेदेखि लागू हुनेगरि चार वर्षका लागि सीईओ नियुक्त गरेको थियो ।
३० वर्ष अघि नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरे सन् २००९ देखि एनएमबि बैंकमा कार्यरत थिए ।
घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानूनमा स्नातक गरेका छन् ।