नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी
२०८२ वैशाख १० गते बुधबार ।
अर्थतन्त्र । वैशाख १९ गते आगामी आर्थिक वर्षको नीतितथा कार्यक्रम ल्याउने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले बुधबार दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै वैशाख १९ गते सरकारको नीतितथा कार्यक्रम पेस हुनेगरी संसदको क्यालेन्डर तयार गर्ने सहमति गरेका हुन् ।
बजेट अधिवेशन वैशाख १२ गतेबाट सुरु हुँदैछ । त्यस्तै, जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ ।
बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाका दिनबाहेक सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका थिए। बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
अब सोहीबमोजिमको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।