सुनको मूल्यमा भारी गिरावट, तोलाको ७५ सय रुपैयाँ घट्यो
२०८२ वैशाख १० गते बुधबार ।
बैंकको खबर । हिजो (वैशाख ९ गते मंगलबार) प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य आज ७ हजार ५०० रुपैयाँ घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ ।
मंगलबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।