बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक


२०८२ वैशाख १० गते बुधबार । 

बैंकको खबर । बैंकिङ प्रणालीमा अधिक तरलतालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत सो रकम तान्न लागेको हो । राष्ट्र बैंकले यो पैसा २१ दिनका लागि तान्न लागेको हो । 

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ्ग सफ्टवेयर मार्फत बोलकबोल गर्न सक्नेछन् । आर्ज (वैशाख १० गते) निष्काशन हुने यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस निक्षेपको साँवा ब्याज भुक्तानी वैशाख ३१ गते हुनेछ । 

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 

 

All banking information at your fingertips.

शेयर गर्नुहोस