नेप्सेमा करिब १० अंंकको गिरावट


२०८२ वैशाख ९ गते मंगलबार । 

बैंकको खबर । सेयरबजार मंगलबार पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा कायम भएको छ।

आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ बराबरको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४७ कम्पनीमध्ये १६० वटाको सेयरमूल्य घट्दा बजार रातो बनेर बन्द भएको हो । बजार घटेपनि ८६ वटा कम्पनीका सेयरधनीले कमाएका छन भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

सूचीकृत १३ समूहमध्ये ३ वटा समूह बढेका छन भने बाँकी सबै घटेका छन् ।  होटल तथा पर्यटन समूह ०.७९, उत्पादन तथा प्रशोधन १.१८ र अन्य समूह २.२१ प्रतिशतले बढेको छ । 

बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक १.६१ प्रतिशत, फाइनान्स ०.३५ प्रतिशत, जलविद्युत ०.६७ प्रतिशत, लगानी १.८७ प्रतिशत र जीवन बीमा ०.२४ प्रतिशत घटेका छन् । यसैगरी लघुवित्त ०.३३ प्रतिशत, म्युचुअल फन्ड ०.४० प्रतिशत, निर्जीवन बीमा ०.४१ प्रतिशत र ब्यापार १.६५ प्रतिशत घटेका छन् । 

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य पनि ९.९८ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४४ अर्ब ६० करोड ३७ लाख ९४६ रुपैयाँको सेयर किनबेच भएको छ । 

लगानीकर्ताको सम्पत्ति मंगलबार मात्रै १६ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि ७ अर्ब रुपैयाँ घटेर १४ खर्ब ८६ अर्ब रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस