‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन
२०८२ वैशाख ९ गते मंगलबार ।
बैंकको खबर । ‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिन पाउने आज अन्तिम दिन रहेको छ । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले बैशाख ३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो ।
रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्काशन गरिएको १० करोड इकाइबाट १५ प्रतिशत अर्थात १ करोड १५ लाख इकाइमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरीएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणमा बिक्री गर्न लागेको हो ।
सो म्युचुअल फण्डमा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।