सामान्य अंकले घट्यो सेयरबजार
२०८२ वैशाख ८ गते सोमबार ।
सेयर खबर । सेयरबजार सोमबार समान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक ७.७५ अङ्कले घटेर २६९८.२८ को बिन्दुमा झरेको छ । आठ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४६ कम्पनीमध्ये १३३ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटेपनि ११२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने एक वटाको स्थिर रहेको छ ।
सूचीकृत १३ समूहमध्ये ६ वटा बढेका छन भने ७ वटा घटेका छन् । विकास बैंक समूह शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ०६, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३ र म्युचुअल फन्ड शून्य दशमलव ४४ प्रतिशतले बढेको छ । अरु सबै समूह घटेका छन्। बैंकिङ शून्य दशमलव ८५, वित्त एक दशमलव ०३, जीवन बीमा शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव १५, व्यापार एक दशमलव ५२ र अन्य समूह एक प्रतिशतले घटेको छ ।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ । बजार बन्द हुँदा यि दुई वटै कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड–२ को शेयर मूल्य सात दशमलव ९० प्रतिशत छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५३ करोड ९९ लाख १८ हजार एक सय ७४ रुपैयाँको सेयर किनबेच भएको छ ।