विकास बैंकहरुको नाफा सामान्य बढ्यो
२०८२ वैशाख ८ गते सोमबार ।
बैंकको खबर । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमाससम्म सञ्चालनमा रहेका ८ वटा विकास बैंकहरुको नाफा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ छ । जुन एक वर्ष अघिको तुलनामा ४.३५ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यि विकास बैंकहरुको नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ थियो ।
विवरणअनुसार ८ मध्ये ३ वटाको नाफा घटेको छ भने ५ वटाको बढेको छ । लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकको नाफा घटेको छ ।
विकास बैंकहरुमध्ये गरिमा विकास बैंकले सबैभन्दा धेरै ७३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंकले पनि ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यसपटक मुक्तिनाथ विकास बैंकको नाफा १६.८६ प्रतिशत घटेको छ । गतवर्ष तेस्रो त्रैमासमा मुक्तिनाथले ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लुम्बिनी विकास बैंकको नाफा सबैभनदा धेरै ८५.४५ प्रतिशत घटेको छ । एक वर्षअघि ३४ करोड २१ लाख रुपैयाँ कमाएको बैंकले यसवर्ष तेस्रो त्रैमासमा चार करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
विकास बैंकहरुको नाफा (रु हजारमा) | |||
विकास बैंक | २०८१/८२ तेस्रो त्रैमास | २०८०/८१ तेस्रो त्रैमास | फरक (प्रतिशत) |
गरिमा विकास बैंक | ७३३,४९१ | ६८३,४६२ | ७.३२ |
मुक्तिनाथ विकास बैंक | ७२४,८५२ | ८७१,८२५ | –१६.८६ |
शाइन रेसुङ्गा विकास बैंक | ५१४,०१४ | ५१४,६५९ | –०.१३ |
कामना सेवा विकास बैंक | ४९३,१८४ | ३३१,३६३ | ४८.८३ |
महालक्ष्मि विकास बैंक | ४३६,५५९ | ३७३,५५१ | १६.८७ |
सांग्रिला डेभलपमेन्ट बैंक | ४३४,२१८ | २६९,३८९ | ६१.१९ |
ज्योति विकास बैंक | ३०६,६११ | १५२,४३३ | १०१.१४ |
लुम्बिनी विकास बैंक | ४९,७८३ | ३४२,१६८ | –८५.४५ |
कुल नाफा | ३,६९२,७१२ | ३,५३८,८५० | ४.३५ |
All banking information at your fingertips.