कृषि विकास बैंकको नाफा घट्यो


२०८२ वैशाख ७ गते आइतबार । 

बैंकको खबर । कृषि विकास बैंकले चालू आर्थिक वर्ष २०८१÷८२को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको १०.१७ प्रतिशत कम हो । गतवर्ष तेस्रो त्रैमाससम्म बैंकले तुलनामा  कमाएको २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड रुपैयाँमा आएपछि खुद नाफा पनि प्रभावित भएको हो ।

२०८१ चैत मसान्तसम्म बैंकले २ खर्ब ५४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब सात अर्ब २३ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा पनि ३.३० प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५३ पैसा घटेर १५ रुपैयाँ ४० पैसा कायम भएको छ । 

बैंकको जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ देखिएको छ । बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ २५ पैसा छ ।

शेयर गर्नुहोस