सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो


२०८२ वैशाख ७ गते आइतबार । 
बैंकको खबर । बैंकले चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार गत चैत मसान्तसम्म बैंकले ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा एक वर्ष अघिको तुलनामा ६१.१९ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यसअवधिमा बैंकको ब्याजआम्दानी घटेको भएपनि इम्पेयरमेन्ट चार्जवापत कम रकम छुट्याउनुपर्दा नाफामा सुधार देखिएको छ । गतवर्ष तेस्रो त्रैमासमा ४० करोड तीन लाख २३ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जवापत छुट्याएकोमा अहिले घटेर २५ करोड ५६ लाख ७५ हजार रुपैयाँमा झरेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा पनि ३८ करोड ६८ लाख रुपैयाँबाट बढेर ६२ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

२०८१ चैत मसान्तसम्म बैंकले ५४ अर्ब ७८ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

बैंकको निष्क्रिय कर्जा भने ३.८४ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ ४७ पैसाबाट बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । 

यस्तै बैंकको मूल्य आम्दानी अनुपात २४.५१ गुणा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५६ पैसा कायम भएको छ । 

बैंकको वितरणयोग्य मुनाफा २४ करोड २ लाख ७१ हजार रुपैयाँ छ । यस्तै प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ १ पैसा छ । 

 

All banking information at your fingertips.

शेयर गर्नुहोस