एनएमबि बैंकको नाफामा सुधार, ईपीएस १७ रुपैयाँ २३ पैसा बैंकको खबर ६ दिन पहिले २०८२ वैशाख ७ गते आइतबार । बैंकको खबर । एनएमबि बैंकले चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको नाफा एक वर्षमा ५.८७ प्रतिशत बढेको छ । तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड १५ लाख रुपैयाँ कमाएको थियो । बैंकले इम्पेयरमेन्ट चार्जवापत बढी पैसा छुट्याउन परेको भएपनि ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण नाफा बढ्न सकेको हो । २०८१ चैत मसान्तसम्म बैंकले २ खर्ब ६९ अर्ब ९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ६३ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी ९६ पैसा बढेर १७ रुपैयाँ २३ पैसा कायम भएको छ । तर बैंकको निष्क्रिय कर्जा २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.५८ गुण र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ३१ करोड १९ लाख रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर वितरणयोग्य मुनाफा ६ रुपैयाँ ६५ पैसा कायम भएको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले