लुम्बिनी विकास बैंकको नाफामा भारि गिरावट बैंकको खबर ६ दिन पहिले २०८२ वैशाख ७ गते आइतबार । बैंकको खबर । लुम्बिनी विकास बैंकको नाफामा उच्च गिरावट भएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नौ महिनामा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन एक वर्ष अघिको तुलनामा ८५.४५ प्रतिशत कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३४ करोड २१ लाख ६८ रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको निष्क्रिय कर्जा बढेको र इम्पेयरमेन्ट चार्ज बापत धेरै रकम छुट्याउनुपर्दा नाफामा गिरावट आएको देखिन्छ । बैंकले इम्पेयरमेन्ट चार्जमा ९४ करोड ८८ लाख ९४ हजार रुपैयाँ छुट्याएको छ । गतवर्ष यस्तो रकम १९ करोड ६७ लाख ५० हजार रुपैयाँ छुट्याएको थियो । बैंकको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ९७ पैसाबाट घटेर एक रुपैयाँ ८३ पैसामा झरेको छ । निष्क्रिय कर्जा ३.६९ प्रतिशतबाट बढेर ७.१८ प्रतिशत पुगेको छ । यस्तै मुल्य आम्दानी अनुपात २३०.०५ गुणा पुगेको छ भने प्रतिसेयर नेट वर्थ १८० रुपैयाँ २४ पैसा कायम भएको छ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले