आइसिएफसि फाइनान्सको नाफामा उच्च वृद्धि बैंकको खबर ६ दिन पहिले २०८२ वैशाख ७ गते आइतबार । बैंकको खबर । आइसिएफसि फाइनान्सले चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फाइनान्सको नाफामा उच्च वृद्धि भएको छ । फाइनान्सले चैत मसान्तसम्म १९ करोड ५० लाख ९३ हजार रुपैयाँ कमाएका छ । जुन एक वर्ष अघिको तुलनामा ४८६.३० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्सले ३ करोड ३२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । फाइनान्सको खुद ब्याज आम्दानी बढेको, खुद फि र कमिसन बढेको, इम्पेयरमेन्ट चार्ज घटेको, सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेका कारण नाफामा सुधार देखिएको हो । यस अवधिमा प्रतिसेयर आम्दानी पनि बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको छ । एक वर्षअघि प्रतिसेयर आम्दानी जम्मा तीन रुपैयाँ ७५ पैसा थियो । यस्तै मूल्य आम्दानी अनुपात २७.०४ गुणा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १३ पैसा कायम भएको छ । फाइनानसको निष्क्रिय कर्जा पनि ३.९१ प्रतिशतबाट घटेर २.०५ प्रतिशतमा झरेको छ । फाइनान्सको वितरणयोग्य मुनाफा ९ करोड १७ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले