ग्लोबल आइएमई बैंकले कमायो साढे चार अर्ब नाफा, इपीएस पनि बढ्यो बैंकको खबर ६ दिन पहिले २०८२ वैशाख ७ गते आइतबार । बैंकको खबर । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । जुन एक वर्ष अघिको तुलनामा ३७.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको देखिन्छ । एक वर्ष अघि इम्पेयरमेन्छ चार्जेज वापत ५ अर्ब २६ करोड छुट्याएकोमा अहिले त्यो घटेर ३ अर्ब ११ करोडमा झरेको छ । जसका कारण खुद नाफा बढ्न पुगेको हो । बैंकले २०८१ चैत मसान्तसम्म ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेको छ । तर खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ । नाफा बढेपछि प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । एक वर्षअघि १२.२० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले ३.६६ रुपैयाँ बढेर १५.८६ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा र प्रतिशेयर नेटवर्थ १७३.४७ रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ छ । यस्तै वितरणयोग्य प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ । ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले