नेपाल बैंकको नाफा बढ्यो, लाभांश वितरण क्षमता २.७८ प्रतिशत बैंकको खबर ६ दिन पहिले २०८२ वैशाख ७ गते आइतबार । बैंकको खबर । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्म २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ हजार ३२ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १३ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा उच्च वृद्धि देखिएको हो । एक वर्षअघि ३ अर्ब ६६ करोड रुपैयाा इम्पेयरमेन्ट चार्जमा छुट्याएकोमा अहिले त्यो घटेर २८ करोड २८ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । खुद ब्याज आम्दानी पनि ६ अर्ब ७७ करोडबाट बढेर ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ । बैंकको प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २६०.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.९४ गुणा छ । बैंकको खराब कर्जा भने ४.८५ प्रतिशतबाट बढेर ५.४५ प्रतिशत पुगेको छ । बैंकको लाभांश वितरण क्षमता ३० करोड ६२ लाख रुपैयाँ छ । उक्त रकमबाट बैंकले २.७८ प्रतिशत मात्रै लाभांश वितरण गर्न सक्छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले