गभर्नर बन्ने पक्का भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


२०८२ वैशाख ५ गते शुक्रबार । 

बैंकको खबर । गभर्नर बन्ने पक्का भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । 

सत्तारूढ दलहरू काँग्रेस र एमालेले भट्टलाई गभर्नर बनाउने सहमति गरेपछि भट्टले राजीनामा दिएका हुन् । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले भट्टको नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका थिए ।

सम्भवतः आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको गभर्नर छनौट समितिले भट्टसहित तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा पेस गर्नेछ । 

शेयर गर्नुहोस