अवितरित हकप्रद सेयरको लिलाम बिक्री गर्दै नेको इन्स्योरेन्स बैंकको खबर ७ दिन पहिले २०८२ वैशाख ५ गते शुक्रबार । बीमा खबर । नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ गतेदेखि बिक्री नभएको (अवितरित) हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले २०८१ फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ४ बराबर १ अनुपातमा हकप्रद सेयर बिक्री निष्काशन गरेको थियो । गत माघ १७ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयर खरिद गर्न आवेदन दिन पाउने व्यवस्था थियो । तर त्यसबेला आवेदन नपरेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत अहिले सेयर बिक्री गर्न लागेको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता अवितिरत हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले बैशाख २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा संस्थापक समूहको सेयरका लागि न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सर्वसाधारण समूहको सेयरका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। सोभन्दा बढी सम्पूर्ण सेयर संख्यासम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल र विराटनगर कार्यालयबाट तथा नेको इन्स्योरेन्सको विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरका कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले