बोनस शेयरमा लाग्ने कर बुझाउन गुराँस लाइफको अनुरोध बैंकको खबर १२ महिना पहिले बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीको वैशाख ६ गते सम्पन्न वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित १३.२७१२७७२ प्रतिशत बोनस पारित गरेको थियो । सोही बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई अनुरोध गरेको हो । शेयरधनीले बोनस शेयरको कर बापतको रकम कम्पनीको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर २३९०१०१०००६४८४ मा जम्मा गर्न सक्ने इन्स्योरेन्सले जनाएको छ । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर र सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ । कर बुझाएका शेयरधनीको बोनस शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता भई नेप्सेमा सूचीकरण भएपछि हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले