सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन
२०८२ वैशाख ५ गते शुक्रबार ।
बैंकको खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ।
इन्स्योरेन्सले हकप्रद सेयर बिक्रीका लागि बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
सेयर समायोजनपछि इन्स्योरेन्सको सेयरमूल्य ५१६ रुपैयाँ ६६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्ने गर्छ । हिजो दोस्रो बजारमा इन्स्योरेन्सको सेयरको अन्तिम कारोबार प्रतिकित्ता ६२९ रुपैयाँ १६ पैसामा भएको थियो।
इन्स्योरेन्सले १ कित्ता बराबर ०.२७ का दरले हकप्रद सेयर निष्काशन गर्न लागेको छ । इन्स्योरेन्सले कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद निष्काशन गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।