नेप्से साढे २६ अंकले बढ्यो, करिब ११ अर्बको कारोबार
२०८२ वैशाख ४ गते बिहीबार ।
सेयर खबर । सेयरबजार बिहीबार बढेको छ । कारोबार मापक नेप्से परिसूचक २६.४९ अंकले बढेर दुई हजार ७२२.७३ को विन्दुमा कायम भएको छ ।
१० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ बराबरको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४६ कम्पनीमध्ये १८७ वटाको सेयरमूल्य बढेको छ भने ५९ वटाको घटेको छ ।
व्यापार समूह बाहेक सबै समूह बढेका छन् । ब्यापार समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै लगानी समूह २.९९ प्रतिशत बढेको छ । त्यसपछि विकास बैंक समूह १.३५, बैंकिङ समूह १.१४ र जलविद्युत समूह १.१३ प्रतिशत बढेको छ ।
नेपाल माइक्रो इन्सोरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
हिमालयन पावर पार्टनरको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब ५८ करोड रुपैयाँ बढीको भएको छ ।
All banking information at your fingertips.