सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
२०८२ वैशाख ४ गते बिहीबार ।
बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख ४ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि वैशाख ५ गते बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म सेयर खरिद गर्ने सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । इन्स्योरेन्सले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद निष्काशन गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।