सुनको मूल्यमा भारी गिरावट
२०८१ चैत २२ गते शुक्रबार ।
अर्थतन्त्र । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला तीन हजार ९०० रुपैयाँ र चाँदी १२५ रुपैयाँले घटेको जनाएको छ ।
महासंघले छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा तोकेको छ । बिहीबारको सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ थियो ।
आज चाँदीको कारोबार प्रतितोला एक हजार ८७० रुपैयाँमा भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँ थियो ।