सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८० हजार तीन सय पुग्यो


२०८१ चैत २१ गते बिहीबार ।

अर्थतन्त्र । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस