आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


२०८१ चैत २१ गते बिहीबार । 

बीमा खबर । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले किन्न सक्नेगरी ९४ हजार सात सय ९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

सो सेयर किन्न इच्छुक कुनैपनि संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन दिन सक्नेछन् । 

तोकिएको म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन पेश नभएमा अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया सुरु हुने पनि कम्पनीले जनाएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस