विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
२०८१ चैत २१ गते बिहीबार ।
बैंकको खबर । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि थप सार्वजनिक निष्काशन (एफपीओ)को बिक्री खुला गरेको छ ।
लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । एफपीओमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र माग भएजनि आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिनेछ।
एफपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ बिक्री गर्न लागेको हो ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
एफपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।