गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने


२०८१ चैत १९ गते मंगलबार । 

बैंकको खबर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। 

लघुवित्त सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले सो प्रस्ताव पारित गर्न २०८२ वैशाख ५ गते विशेष साधारणसभा बोलाउने निर्णय पनि गरेको छ । साधारणसभा प्रयोजनका लागि चैत २८ गते बुकक्लोज गर्ने भएको छ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस