सेयरबजार २९.८२ अंकले बढ्यो


२०८१ चैत १७ गते आइतबार । 
सेयर खबर । सेयरबजार आज बढेको छ । कारोबार मापक नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि बढेको छ । सात अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २२२ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर २२ वटा कम्पनीका सेयरधनीले आज गुमाएका छन् । 

सूचीकृत १३ समूहमध्ये म्युचुअल फण्ड र व्यापार समूह घटेका छन् । बाँकी सबै समूह बढेका छन् । सबैभन्दा धेरै लगानी समूह २.१८ प्रतिशत बढेको छ । त्यसपछि अन्य समूह २.०८ प्रतिशत, फाइनान्स समूह २.०१, जलविद्युत १.५४, होटल तथा पर्यटन १.४१ प्रतिशत बढेको छ । यस्तै बैंकिङ र विकास बैंक समूह ०.८२ प्रतिशत, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, लघुवित्त ०.६२ र निर्जीवन बीमा ०.७८ प्रतिशत बढेको छ ।

जोशी हाइड्रो पावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढेको छ । प्रभु स्मार्ट फण्डको इकाइमूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशत घटेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ६९ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुँजीकरण ४४ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ । 

शेयर गर्नुहोस