बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
२०८१ चैत १७ गते आइतबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि आज फेरि २५ अर्ब रुपैयाँ तान्न लागेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि तरलता तान्न लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी माग गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । साँवा तथा ब्याज भुक्तानी आगामी ७ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ ।
All banking information at your fingertips.