सुनको मूल्यमा अर्को रेकर्ड, तोलाको १ लाख ७६ हजार ८०० पुग्यो
२०८१ चैत १७ गते आइबार ।
अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले फेरि अर्को नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार बनाएको रेकर्डलाई तोड्दै सुनको मूल्यले अर्को रेनयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा तोकेको छ । गत शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।