केहो लगानी ? कसरी हुन्छ फाइदा ?


बैंकको खबर । आम्दानी वा कुनै प्रतिफल प्राप्त गर्ने उद्देश्यले वित्तीय स्रोत खर्च गरी कुनै पनि किसिमको सम्पत्ति किनिन्छ भने त्यसलाई लगानी भनिन्छ । उदाहरणका लागि कृषकले खेतबारीमा प्रयोग गर्ने उद्देश्यले ट्रयाक्टर खरिद गर्दछ भने त्यो उसले गरेको लगानी हो । ट्रयाक्टरको प्रयोगबाट उसले छोटो समयमा आपैmँ खेत जोत्न सक्ने भयो । यसबाट उसको लागत कम हुन्छ र आम्दानी वृद्धि हुन्छ ।

वदैशिक रोजगारीमा रहेका कामदारले बचतपत्र खरिद ग¥यो भने त्यो बचतपत्र उसका लागि लगानी भयो । निश्चित समयमा प्राप्त हुने ब्याज नै उसका लागि प्रतिफल भयो । त्यस्तै कसैले कुनै कम्पनीको सेयर किन्छ भने त्या से यर स्वामित्व नै उसको लगानी भयो । यसबाट उसले प्रतिफलको रुपमा कम्पनीका नाफाको आधारमा लाभांश प्राप्त गर्न सक्दछ । यसरी आम्दानी वा प्रतिफलका लागि सम्पत्ति सृजना गनै गरिने खर्च नै लगानी हो । 

लगानी र प्रतिफलको विषयमा कुरा गर्दा जोखिमको अवधारणा बुझ्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जोखिम शब्दले अपेक्षित परिणामबाट हुनसक्ने विचलन वा अनिश्चिततालाई बुझाउँछ । कुुनै पनि लगानी गर्दा प्र्रतिफल वा त्यसबाट हुने आम्दानीको अपेक्षा वा आँकलन मात्र गर्न सकिन्छ, निश्चित रुपमा यति नै हुन्छ भनेर यकिनका साथ भन्न सकिँदैन । यसरी अपेक्षित परिणाम प्राप्त नहुने सम्भावना नै जोखिम हो । जुनसुकै लगानीमा कुनै न कुनै जोखिम हुन्छ । लगानीले वित्तीय स्रोतको परिचालन गर्दछ । निष्कृय रुपमा रहेको रकमबाट कुनै प्रतिफल प्राप्त हँदैन ।

पैसा आँफै बढ्दैन । यसको मूल्य समयको अन्तरालसँगै मुद्रास्फिति वा मूल्य वृद्धिका कारण घटिरहेको हुन्छ । उदाहरणका लागि २० वर्ष पहिले सय रूपै“याले खरिद गर्न सकिने सामान अहिले सो मूल्यमा पक्कै आउँदैन । लगानीको प्रतिफलले पैसाको घट्दो मूल्यबाट हुने घाटा पुर्ति गर्न मात्र नभई थप आय आर्जन गर्न सघाउ पनि पर्दछ । तर, सोच विचार नगरी, पूर्ण जानकारी हासिल नगरी, भविष्यको आम्दानी वा घाटाका सम्भावना बारे नबुझी लहै लहैमा लागेर गरिएका लगानीले प्रतिफल नदिने मात्र होइन लगानी गरेको मूल धन नै डुब्न सक्छ ।
 

बजारमा धेरै किसिमका लगानीका विकल्प उपलब्ध हुन्छन् । ती मध्ये आफ्नो वित्तीय लक्ष्य, खर्चका प्राथमिकता, लगानीका विभिन्न विकल्पहरु सम्बन्धित ज्ञान, जोखिम बहन गर्न सक्ने क्षमता, अपेक्षित प्रतिफल आदिका आधारमा उपयुक्त विकल्प छनौट गर्नुपर्दछ । बैंक वित्तीय संस्थाको मुद्दती निक्षेप, ऋणपत्र, बचतपत्र, सेयर, म्युचुअल फण्ड, रियल स्टेट (घरजग्गा), व्यापार व्यवसाय, स्वरोजगारसम्बन्धी उद्यम आदि सबै लगानीका विकल्प हुन् ।

लगानीको निर्णय गर्दा देहायका विषयमा प्रष्ट हुनु पर्दछ : 
१. लगानीको उद्देश्य र वित्तीय लक्ष्यको तादात्म्य, 
२. लगानी गर्न आवश्यक रकम र आफ्नो बचत तथा भावी वित्तीय दायित्व वा खर्चको सन्तुलन, 
३. लगानीमा हुने जोखिम र आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता (लगानीबाट कुनै प्रतिफल प्राप्त नभएमा वा लगानी डुबेमा आफ्नो आर्थिक अवस्था के हुन्छ) ।
४. लगानीबाट अपेक्षित प्रतिफल र सो प्राप्त हुन लाग्ने समय, 
५. लगानी गरेको सम्पूर्ण रकम फिर्ता हुन लाग्ने अवधि,
६. विद्यमान नियम, कानुन र करसम्बन्धी प्रचलित व्यवस्था, 
७. लगानी विविधीकरणका उपाय (आपूmसँग भएको सबै बचत वा सबै वित्तीय स्रोत एकै उपकरण वा विकल्पमा लगानी गर्नु हुँदैन, विविधीकरण गर्नुपर्दछ । यसले जोखिम न्यूनीकरण गर्न मद्दत पुग्दछ ।) र 
८. जुन क्षेत्रमा लगानी गर्न लागिएको हो त्यस क्षेत्रसम्बन्धी विस्तृत ज्ञान हुनु पर्दछ ।

नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता, आधारभुत अवधारणा’ पुस्तकबाट साभार गरिएको हो ।

शेयर गर्नुहोस