बीमा कम्पनीहरुमा झन्डै १० अर्बको बीमा पोलिसी सरेन्डर


२०८१ चैत १७ गते आइतबार । 

बीमा खबर । बीमा कम्पनीहरुमा बीमा सरेन्डर गर्ने बिमितहरुको संख्या बढ्दै गएको छ । यस आर्थिक वर्षको पहिलो आठ महिना (साउन–फागुन)सम्म जीवन बीमा कम्पनीहरुबाट नौ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बराबरको ७१ हजार पाँच सय ५४ वटा बीमा पोलिसी सरेन्डर भएको छ । 

गत आर्थिक वर्षमा १४ अर्ब ५० करोड रुपैयाँ बराबरको एक लाख १३ हजार नौ सय ७६ वटा बीमा पोलिसी सरेन्डर भएको थियो । यो तथ्यांक हेर्दा बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या यस आर्थिक वर्षमा पनि उच्च हुने देखिन्छ । 

आर्थिक संकट उत्पन्न भएपछि बिमितले आफूले खरिद गरेको बीमा पोलिसी त्याग्नुपर्ने अवस्था आएको बीमा कम्पनीहरु बताउँछन् । पैसा अभावले किस्ता तिर्न नसक्दा धेरैले बीमा पोलिसी त्याग्ने गरेको बिमकहरु बताउँछन् । 

जानकारहरुले भने बीमा पोलिसीको किस्ता तिर्नसक्ने हैसियत नहुनेहरुलाई बीमा गराउने प्रवृति बढ्दै गएकाले पनि यस्तो अवस्था आएको बताउँछन् । 

शेयर गर्नुहोस