म्यानमार भूकम्प : १० हजार जनाको मृत्युको आशंका, ८०० जनाको मृत्यु पुष्टि


२०८१ चैत १६ गते शनिबार । 

अन्तर्राष्ट्रिय । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। यो आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षणले व्यक्त गरेको छ। भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

ब्लूमबर्गका अनुसार म्यानमारको सैन्य सरकारले शनिबार बिहानसम्म ८०० भन्दा बढी मानिसको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको बताएको छ। 

अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। यसमा १० जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब १२ बजे म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। यो २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो।

ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ।

शेयर गर्नुहोस