सुनको मूल्यले बनायो अहिलेसम्मकै उच्च रेकर्ड
२०८१ चैत १५ गते, शुक्रबार ।
अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले फेरि अर्को नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बिहीबार) प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँ थियो ।
आज सुनको मूल्यले यसअघि चैत ६ गतेको उच्चतम मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
All banking information at your fingertips.