एभरेष्ट बैंकको कर्पोरेट क्यालेन्डर सार्वजनिक
२०८१ चैत १५ गते शुक्रबार ।
बैंकको खबर । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बिहीबार एक कार्यक्रम आयोजना गरि बैंकका सञ्चालक समिति अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् ।
कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
All banking information at your fingertips.