राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा
२०८१ चैत १३ गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
श्रेष्ठ अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका छन् ।
राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सरकारले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरिसकेको छ ।
श्रेष्ठले मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
All banking infomration at your fingertips.