नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त
२०८१ चैत १३ गते बुधबार ।
बैंकको खबर । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीर्इओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
चैत १३ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामु सीइओ नियुक्त गरेको हो । यसअघि उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
नबिल बैंकका सीर्इओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।
ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने प्रयासमा छन् । त्यसका लागि बैंकको सीईओ पदबाट हटनुपर्ने भएपछि राजीनामा दिएका हुन् ।
All banking information at your fingertips.