विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ निष्काशन गर्ने 


२०८१ चैत १३ गते बुधबार । 

बैंकको खबर । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन एफपीओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गर्न लागको हो ।

लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको ५१ हजार २९२.५ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । 

सेयर खरिदगर्न इच्छुक लगानीकर्ताले चैत २१ गतेदेखि २६ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र माग भएजति आवेदन नपरेमा निष्काशन अवधि २०८२ वैशाख ४ गतेसम्म लम्बिनेछ । एफपीओमा न्यूनतम १० कित्ता देखि १००० कित्तासम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। 

एफपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

All banking information at your fingertips.

शेयर गर्नुहोस