सिद्धार्थ बैंकका ग्राहकलाई एल.के.एस डेन्टलमा छुट
२०८१ चैत ७ गते बिहीबार ।
बैंकको खबर । सिद्धार्थ बैंक र एल.के.एस डेन्टल सोलुसनस्बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौंको बिजुलीबजार स्थित एल.के.एस् डेन्टल सोलुसनस्मा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १०प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहनगर्ने क्रममा केहि समय अघिमात्रै ‘सिद्धार्थ रिवार्डस’ नामकलोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको थियो ।
All banking information at your fingertips.