सरकारको ऋण करिब २७ खर्ब पुग्यो 


२०८१ चैत ६ गते बुधबार ।

बैंकको खबर । मुलुकले तिर्न बाँकी ऋण करिब २७ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ फागुन मसान्तसम्म २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

२०८१ असार मसान्तमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो । त्यसयता ८ महिनामा २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ ऋण थपिएको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ऋण ४६.९१ प्रतिशत पुगेको छ । फागुनसम्म आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड र वाह्य ऋण १३ खर्ब ६० अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

सरकारले लक्ष्य अनुसार आम्दानी बढाउन नसक्दा दैनिक खर्च धान्नका लागि पनि ऋण लिइरहेको छ । सरकारले खर्च गर्न स्रोत अभाव हुँदै गएपछि ऋणको हिस्सा बढाउँदै लगेको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस